बिर्तामोडमा भित्रियो एसयुभी टोयोटा रस

बिर्तामोड, भदौ ३१ । ५० वर्षयता नेपालमा जापानमा निर्मित टोयोटा गाडी बिक्रीवितरण गर्दै आएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले साउनको पहिलो साता टोयोटा रस नेपाली बजारमा भितर््याएको छ । बिर्तामोडमा कान्तिपुर अटो लिड्ढले हालै टोयोटा रस सार्वजनिक गरेको छ ।

जापानी सामान सुरक्षित र बलियो हुने आम नेपालीको विश्वास छ । यस्तोमा टोयोटाका गाडी नेपालमा मात्र नभएर विश्वभर नै चर्चित छन् । यसले महँगा र आकर्षक गाडी उत्पादन गर्छ । रस नेपाली बजारमा उपलब्ध टोयोटाका गाडीमध्ये इन्ट्री लेबलको पहिलो एसयुभी भएको कान्तिपुर अटो लिड्ढकम सञ्चालक राजेश उप्रेती बताउँछन् । ‘टोयोटाको गाडीप्रति ग्राहकको अदभूत लगाव छ । पछिल्लो समय एसयुभीमा ग्राहक बढेका छन’्, उप्रेती भन्छन्, ‘रस इन्ट्री लेबलको एसयुभी हो, यसले ग्राहकको बजेटमै आरामदायी र स्तरीय गाडी चढ्ने धोका पूरा गर्छ ।’ रस विश्व बजारमा सन् २०१८ को जनवरीमा सार्वजनिक भएको थियो । विश्व बजारमा यसले राम्रो व्यापार गरेको थियो । र, नेपाली ग्राहकले पनि रस मनपराउने कम्पनी विश्वास छ ।

रस चार भेरियन्टमा नेपाली बजारमा उपलब्ध छ । टोयोटा रस मिड म्यानुअल ट्रान्समिसन, टोयोटा रस हाइ म्यानुअल ट्रान्समिसन, टोयोटा रस मिड अटोमेटिक ट्रान्समिसन र टोयोटा रस हाइ अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । यी कारका सिट क्वालिटी, डिजाइन, अगाडिको लुक, चक्काको चौडाइ र ट्रान्समिसनलगायत केही विशेषता एक अर्काभन्दा फरक छन् । गाडीको सुरुवाती मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसमा २ एनआर-भिइ ४ सिलिन्डर इन लाइन, १६ भल्व, डिओएचसी, डब्लुडब्लुटी-आइ इन्जिन छ । १४९६ सिसी इन्जिन क्षमता भएको कारले ७६ किलोवाटमा ६००० आरपिएम अधिकतम शक्ति र १३४ एनएमान ४२०० आरपिएम अधिकतम टर्क उत्पादन गर्छ । ४५ लिटरको फुल ट्यांक भएको कारले प्रतिलिटर १५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । कार पेट्रोल इन्धनबाट गुड्छ । ४४३५ एमएम लम्बाइ, १६९५ एमएम चौडाइ र १७०५ एमएम उचाइ भएको कारलाई मोड्नका लागि न्यूनतम ५.२० वर्गमिटर क्षेत्रफल आवश्यक पर्छ ।

२९० एमएम ग्राउन्ड क्यिरेन्स भएको कार चिल्ला सडकका साथै कच्ची सडकमा पनि बिनाकठिनाइ गुड्ने क्षमता राख्छ । ‘ग्राहकले चिल्ला सडकमा कुदाउन मात्रै कार किन्दैनन् । हिमाली, पहाडी र तराईको समथर भू-भागमा गाडी गुडाउनुपर्छ’, उप्रेतीले भने, ‘अग्लो ग्राउन्ड क्लियरेन्स भएमा खाल्डाखुल्डीमा गाडीले जमिन छुदैन ।’ यसमा नेपाली बजारमा उपलब्ध टोयोटाका अन्य कारको तुलनामा उच्च ग्राउन्ड क्लियरेन्स रहेको उनी बताउँछन् । यो नेपालको भूगोल सुहाउँदो कार हो ।

यसले द न्यु कार एसेसमेन्ट प्रोग्राम फर साउथइस्ट एसिया (एसियन एनक्याप) बाट सुरक्षाका लागि पाँच रेटिङ प्राप्त गरेको छ । रसको अगाडिको चक्कामा १६ इन्चको डिस ब्रेक तथा पछिल्लो चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । साथै, यसमा एन्टिलक ब्रेकिङ स्टिम (एबिएस) र इमर्जेन्सी सिग्नल स्टिम (इएसएस) छ । अत्यावश्यक अवस्थामा ब्रेक लगाउनुपर्दा ब्याक मिरर र छतको बीचमा रातो बत्ती बल्छ । सामान्यतया गाडीहरूमा ब्रेक लगाउँदा ब्याक लाइटले जनाउ दिन्छ । पछाडिबाट आउने सवारीसाधनले अघिल्लो गाडीको अवस्थाबारे संकेत गर्छ । सम्भावित दुर्घटनाबाट जोगाउन ६ वटा एयर ब्याग राखिएको छ । सातवटा सिट बेल्ट छ । गाडीलाई नियन्त्रण गर्न सोलिड भेहिकल स्ट्याबिलिटी कन्ट्रोल (भिएससी) प्रविधि जडान गरिएको छ । साथै, उकालोमा रोक्नुपर्दा गाडीलाई पछाडि बग्नबाट रोक्न हिल स्टार्ट एसिस्ट (एचएसए) स्टिम दिएको छ । चाइल्ड सेफ्टी लक र गाडीले निश्चित गति समातेपछि स्वचालित रूपमा ढोका बन्द हुने व्यवस्था छ । गाडीमा रियर सेन्सर पनि छ । यसले पार्किङको समयमा गाडीलाई अन्य वस्तुमा ठोकिनबाट बचाउँछ । रस सात सिट क्षमताको कार हो । नेपालको पारिवारिक संरचनालाई ध्यानमा राखेर बजारमा ल्याइएको उप्रेती बताउँछन् । ‘तीनपुस्ते परिवार एकैपटक यात्रा गर्न सक्छन्, परिवारको एकतालाई प्रतिनिधित्व गर्छ’, उनले भने । गाडीका सिटहरू फराकिला र पछाडिको सिट आवश्यकताअनुसार फोल्ड गर्न सकिन्छ । सिट क्षमताअनुसार गाडीमा यात्रा गर्दा ग्राहकले घुडा ठोकिनेलगायत समस्या भोग्नु नपर्ने कम्पनीको दाबी छ ।

साथै, गाडीमा सवार व्यक्तिको आरामदायी यात्राका लागि हेड रेस्ट पनि छ । यसले केही हदसम्म ग्राहकको थकान मेटाउने कम्पनीको विश्वास छ । गाडी स्टार्ट गर्न चाबीको आवश्यकता पर्दैन । चालकले बटन थिचेर स्टार्ट गर्न सक्छन् । ग्राहकले मौसमअनुसार गाडीको वातावरण परिवर्तन गर्न सक्छन् । त्यसका लागि एयरकन्डिसन र हिटर छ । गाडीमा ग्राहकको आवश्यकताअनुसार पावर डोर लक र वायरलेस स्मार्ट डोर लक राखिएको छ । चालकको उचाइअनुसार मिलाउन मिल्ने खाले छालाले ढाकिएको स्टेरिङ ह्विल छ । गतिबारे जानकारी दिन टाको मिटर र स्पिडोमिटर छ । इन्धन सकिन लागेमा गाडीले अघि नै सूचना दिन्छ । मनोरन्जनका लागि गाडीमा पर्याप्त उपकरणको व्यवस्था गरिएको छ । जस्तै, अडियो टच स्क्रिन, ब्लुटुथ, सिडी प्लेयर, डिभिडी प्लेयर, एफएम तथा रेडियो छन् । यसले गर्दा यात्राका क्रममा गाडीमा सवार व्यक्तिले भरपुर मनोरन्जन लिनेछन् ।

रस सिल्भर मिका मेटालिक, ब्ल्याक मि, मरुन एमएम, ह्वाइट, रेड एमएम र ब्रन्ज मिका मेटालिक कलरमा उपलब्ध छ । गाडीलाई आकर्षक देखाउन छतमा रेलिङ राखिएको छ । गाडीको हेड ल्याम्पमा एलइडी स्मोक प्लस ब्ल्याक दिइएको छ । कुइरोमा गाडी चलाउन ल्याम्प-फग विथ क्रोम (स्मोक) बेजेल बत्ती जडान गरिएको छ । आफो सवारीभन्दा पछाडि गुडिरहेका गाडीबारे जानकारी दिन बाहिर र भित्र रियर भ्यु मिरर छ ।

Facebook Comments