इलाम, असोज ८ । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायव सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ ।
इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आइतबार बिहान ९:४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना. १ क ३७२९ नम्बरको क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते कोइरालाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए । क्रेनको ठक्करबाट कोइराला चढेको मे. ५ प ६६६४ नम्बरको मोटराइकल क्षतविक्षत भएको छ । क्रेनका चालक फरार छन् ।
Facebook Comments
8 प्रतिक्रिया
Pingback: thepoc I top 100
Pingback: what is pharmacokinetics
Pingback: DMPK
Pingback: glue gun
Pingback: GVK Bioscience
Pingback: Bayan Escort
Pingback: bt90
Pingback: pharmacodynamics study