‘बिर्तामोड रन वे विथ म्युजिकल नाइट’

कलाकारिताको क्षेत्रमा उर्वरभूमि मानिएको झापामा विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रहरु बाक्लो हुने गरेको पाइन्छ । सुन्दरी प्रतियोगितादेखि विभिन्न ब्यान्डहरुको कर्न्सट त पुरानै परम्परा हो । तर, झापामा यसपटक नयाँ स्वादको कार्यक्रमको आयोजना हुने भएको छ । जसको नाम हो, ‘बिर्तामोड रन वे २०१८ विथ म्युजिकल नाइट’ । पछिल्लो समय युवाबीच फेसन र मोडलिङमा झुकाव बढ्दै गइरहेका बेला यस प्रकारको कार्यक्रमले नयाँ स्वाद चखाउने छ । इन्नोभेटिभ मार्केटर्स एन्ड प्रमोटर्सले आयोजना गरेको यस कार्यक्रम सौन्दर्य प्रतियोगितामा मात्र सीमित नभई विशेष आकर्षणसहित भरपुर मनोरञ्जन दिने उद्देश्यले रहेको आयोजकतर्फका सञ्जय बस्नेतले बताए ।

कार्यक्रममा गायक स्वप्न सुमन आउने भएका छन् । उनीसँगै नायिका तथा मोडल परमिता पाण्डेको प्रस्तुति रहने आयोजकले जनाएको छ । पछिल्ला दिनहरुमा धेरैको रोजाइमा परेका गायक स्वप्न सुमन आउने भएपछि कार्यक्रमप्रति धेरैजनाको उत्साह थपिएको छ । मोडलिङलाई जोडेर विभिन्न शीर्षकमा प्रतियोगिताहरु आयोजना भइरहे पनि खासगरीर् याम्प वाक, रनवे लगायतका कन्सेप्ट र यसलाई म्युजिकल नाइटसँग समायोजन गरी नयाँ शैलीको कार्यक्रम पहिलोपटक बिर्तामोडमा आयोजना गरिएको कार्यक्रम संयोजक कमल सेडाईं बताउँछन् ।

असोज १८ गते होटल ग्रान्ड पिसमा सम्पन्न हुने यस कार्यक्रमको प्रतियोगीहरुको छनोट चरण सम्पन्न भइसकेको छ । अहिले उनीहरुलाई ग्रुमिङ र ट्रेनिङका कक्षाहरु भइरहेको बताइएको छ । यस प्रतियोगिताको विजेतालाई पुरस्कारको प्रलोभन मात्र नदेखाई व्यावसायिक रुपमा मोडलिङ र ग्लामरको क्षेत्रमा स्थापित गराउने प्रमुख उद्देश्य रहेको प्रतियोगीताका सञ्चार संयोजक दिपेन भेटवालले बताए ।

Facebook Comments