‘दैलो’ को ट्रेलर सार्वजनिक

सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक चलचित्र ‘दैलो’ को ट्रेलर सार्वजनिक भएको छ । जमुनादेवी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र दैलोको ट्रेलर हाइलाइट्स नेपालले युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माणमा भएको नेपाली कथानक चलचित्र दैलोेमा अप्रत्यक्ष दाइजो, शिक्षक र विद्यार्थीबीचको आत्मीय सम्बन्ध, अभिभावकको त्याग र समर्पण लगायतका सामाजिक विषयवस्तु कथाको रुपमा प्रस्तुत गरिएको छ । केही समयअघि सार्वजनिक गरिएको ‘कुतुकुतु लाग्यो मलाई, कुतुकुतु’ बोलको गीत दर्शक तथा स्रोतामाझ निकै रुचाइएको छ ।

उक्त गीतमा गायिका दुर्गा साउतले स्वर दिएकी छन् । लक्षुप्रकाश मल्लको संगीत तथा विमल भट्टराईले शब्द लेखेको कुतुकुतु लाग्यो मलाई, कुतुकुत बोलको उक्त गीत युट्युबमा सर्वजनिक भएपछि चर्चा समेत पाएको छ । चलचित्रमा आइटम गीतका रुपमा प्रस्तुत गरिएको उक्त गीतमा गम्भीर विष्टले नृत्य निर्देशन गरेका छन् भने पवन पाठकले अभिनय गरेकी छन् ।

विशुद्ध सामाजिक तथा पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र दैलो आउँदो कात्तिक ३० गतेबाट नेपाल अधिराज्यभर एकसाथ प्रदर्शनमा आउने निर्देशक सुरेश उप्रतीले जानकारी दिए ।

चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउन, विकास चापागार्इं, दिक्षा आचार्य सापकोटा, मुना प्रसार्इं, दिपक डोटेल, सपना श्रेष्ठ, दिपक अधिकारी, जीवन कुइँकेल, सञ्जय न्यौपाने अनु ढुङ्गना तथा बाल कलाकार सुयोग उप्रेतीलगायतले अभिनय गरेका छन् ।

Facebook Comments