बालिका करणी गरेको आरोपमा युवक पक्राउ

दुधे, २१ असोज । झापाको झापा गाउँपालिका ५ मा शुक्रबार बालिकालाई करणी गरेको आरोपमा १ युवकलाई प्रहरीले फउ गरेको छ । करणीको आरोपमा कन्काई नगरपालिका ७ बस्ने २२ वर्षीय राजकुमार हेमरनलाई फउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हेमरनले शुक्रबार राति पौने ९ बजे झापा गाउँपालिकाकी ४ वर्षीय बालिकालाई ललाई फकाई गरी खेतको आलीमा लगेर करणी गर्दै गरेको अवस्थामा स्थानीय देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी चौकी शरणामतीबाट प्रहरीको टोली खटिई गई बालिकाको उद्धार गरी हेमरनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिए ।

प्रहरीका अनुसार हेमरनलाई इलाका प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको छ । बालिकालाई उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments

6 प्रतिक्रिया