बिर्तामोडमा मुक्तिनाथ विकास बैंक

बिर्तामोड, असोज २३ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले एक कार्यक्रमका बीच मुक्तिनाथ विकास बैंकको शाखा उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख शिवाकोटीले अब बिर्तामोडको कृषि क्षेत्रलाई लक्षित गरी लगानी गर्न अनुरोध गरे ।

उद्घाटन समारोहमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, एक्सेल डेभलपमेन्ट बैंकका सिइओ दिनेश पोखरेल, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष अर्जुन मैनालीले शुभकामना व्यक्त गरेका थिए ।

नेपालभर १ सय शाखा सञ्चालन गरेको मुक्तिनाथ बैंकले बिर्तामोडमा शाखा उद्घाटन गरेसँगै कृषि क्षेत्रमा लगानी गर्न आफरु तयार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बताए । कार्यकारी प्रमुख प्रद्युम्न पोखरेलले २०६३ सालमा स्थापना गरिएको बैंकले छोटो अवधिमा नै ६ लाख खाता सञ्चालन गर्न सकेको र ४० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न सकिएकोे जानकारी दिए ।

उद्घाटन समारोहमा शाखा प्रमुख सुवास घिमिरेले बैंकका भावी रणनीतिक योजना प्रस्तुत गरेका थिए ।

Facebook Comments