घटस्थापनामा दुबो आयो

शनिश्चरे, असोज २५ । अर्जुनधारा-८ स्थित शनिश्चरेमा बुधबारदेखि दुबो होटल एन्ड लज सञ्चालनमा आएको छ ।

झापाको पुरानो बजार शनिश्चरेमा व्यवसायीहरु दिपक घिमिरे, राजु घिमिरे र शेखर कार्कीले घटस्थापनाको अवसरमा दुबो होटल सञ्चालनमा आएका हुन् । होटलकोे एक समारोहका बीच अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरे ।

सञ्चालक कार्कीका अनुसार न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित होटलको लगानी १५ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ । हाल तीनवटा कोठा र तीनवटा क्याबिन रहेको उक्त होटलमा ग्राहकहरुको मागअनुसार सबै किसिमको खाना उपलब्ध हुने अर्का सञ्चालक दिपक घिमिरेले जानकारी दिए । सञ्चालक घिमिरेका अनुसार आगामी दिनमा थप सुविधाहरु पनि विस्तार गरिने बताइएको छ ।

Facebook Comments