बिर्तामोडमा ‘रुप मोबाइल घर २’

बिर्तामोड, असोज २५ । घटस्थापनाको अवसर पारेर बुधबार बिर्तामोडको शनिश्चरेरोडमा रुप मोबाइल घर २ सञ्चालनमा आएको छ ।

मोबाइल घरको एक्सल डेभलपमेन्ट बैंकका सिइओ दिनेश पोखरेल र झापा उद्योग वाणिज्य संघ बिर्तामोडका महासचिव प्रशान्त भण्डारीले संयुक्त रुपमा केक काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा शिखर साकोस बिर्तामोडका अध्यक्ष दिपेन्द्र राउत, सचिव हिमाल प्रसाईं लगायतको सहभागिता रहेको थियो ।

मनकामना सप्लायर्सले नेपाल भिœयाएको एमआई र फिल नेपाल मल्टी ट्रेड कन्सर्न प्रालिले ल्याएको भीभो स्मार्ट फोनको मेची अञ्चल आधिकारिक बिक्रेताको रुपमा बिर्तामोडको हनुमान सेन्ट्रलमा एक वर्षअघि रुप मोबाइल घर सञ्चालनमा आएको हो । त्यसैको शाखाको रुपमा ‘रुप मोबाइल घर २’ सञ्चालनमा आएको हो । मोबाइलका स्मार्ट ग्राहकलाई थप सहजता प्रदान गर्न शाखा सञ्चालनमा ल्याइएको सञ्चालक खगेन्द्र नेपालले बताए । रुप मोबाइल घरमा विश्व अन्य चर्चित ब्रान्डहरु जियोनी, ओप्पो, सामसङ, हुवाईलगायत कम्पनीका विभिन्न मोडलका मोबाइलहरु सोरुममा उपलब्ध रहेका छन् ।

Facebook Comments