आनन्द र प्रशन्नाको फूलमा देख्छु

गायिका प्रशन्ना पाण्डे र वरिष्ठ गायक आनन्द कार्कीको आवाजमा रहेको नयाँ गीत ‘फुलमा देख्छु’ को म्युजिक भिडियोले राम्रो चर्चा पाइरहेको छ । नेपाली सांगीतिक आकाशमा चम्कीलो नक्षत्रका रुपमा रहेका गायक कार्की र आफुलाई दिन प्रतिदिन निखार्दै अघि बढिरहेकी गायिका पाण्डेबीचको यो सहकार्यलाई दर्शक स्रोताले औधी रुपमा रुचाएका हुन् ।

नेपाली गजल गायनमा ख्यातिप्राप्त कार्की र आधुनिक पप संगीतमा रुमलिएकी पाण्डको आवाजमा रहेको गीत ‘फमा देख्छु’ लाई गीतकार गोविन्दप्रसाद उपाध्ययले लेखेका हुन् । यसमा सन्तोष श्रेष्ठको संगीत तथा देवेन्द्र नेवाको एरेन्ज छ । गायक कार्की पछिल्लो समय बजारमा पातलो रुपमा देखिने गरेका छन् । उनका ‘लाग्छ मन हेरिरहुँ’, ‘यी हल्लाहरु हुन्’, ‘ए गजलकी धुन् आऊ’ जस्ता दर्जनौँ कालजयी गीतहरुले नेपाली मनलाई जितेको छ । गायिका पाण्डेका पनि दर्जनौँ गीतहरुले बजार तताइसकेको छ । ‘गाजलु आँखा’, ‘मायाको न्यानो पन’, ‘जबजब तिमीमा’ उनका चर्चित गीतहरु हुन् । ‘फमा देख्छु’ को म्युजिक भिडियोलाई निर्देशक निकेश खड्काको एक्सन कटमा निर्माण गरिएकोे हो । रिमा विश्वकर्मा र कुमार रेग्मीले अभिनय गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन तथा विकास धमलाले सम्पादन गरेका हुन् ।

Facebook Comments