पदमको भिडियो सार्वजनिक

प्रवासबाटै कलाकारिता थालेका सिन्धुपाल्चोकका पदम लामा राम्रो सम्भावना भएको नव कलाकार हुन् । केही वर्षअगाडिबाट म्युजिक भिडियो अभिनय गरेर कलाकारितामा प्रवेश गरेका पदम लामाको हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । सुरुवाती दिनमा रहर मेटाउन मात्र काम गरेको तर हाल आएर सबैको साथ, माया र हौसलाले गर्दा कलाकारिताबाट नै आफो भविष्य निर्माण गर्न सक्ने सामर्थ्यर् जुटेको बताउँछन् । सधैँ सकारात्मक सोच राख्ने कलाकार पदम लामा घरका एक्लो छोरो हुन् । परिवारबाट पूर्ण सहयोग भएकोले अरुजति कलाकारितामा संघर्ष गर्न नपरेको बताउँछन् । निकट भविष्यमै अभिनयको प्रशिक्षण लिएर आफाई एउटा सक्षम कलाकारको रुपमा स्थापित गर्ने योजना भएको र छिट्टै नेपाली चलचित्रबाट पनि डेब्यु गर्ने सोच बनाएको कुरा सुनाउँछन् ।

तामाङ समुदायभित्र कलाकारको राम्रो छवि बनाएका कलाकार पदम लामा अभिनित म्युजिक भिडियो यही हप्ता म्युजिक नेपाल कोअफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुँदैछ । रचनाकार युग ज्योति क्रियाशीलको ‘तिम्रो मनको माझमा’ बोलको गीत दर्शकमाझमा चर्चित भइसकेको छ । उक्त गीतलाई गायक गगन सरगम र अन्जान गुरुङले स्वर दिएका छन् भने चर्चित संगीतकार निम सङ्गीतले सङ्गीत भरेका छन् । पदमा लामा, कल्पना गुरुङद्वारा अभिनित भिडियोलाई सुन्दर लावतीले छायांकन निर्देशन गरेका छन् भने राजेन्द्र खड्काले सम्पादन गरेका छन् ।

Facebook Comments