योगेशको निर्देशनमा ॅप्रेम दिवस’

चलचित्र निर्देशक योगेश घिमिरेको एक्सन कटमा निर्माण हुन लागेको चलचित्र ‘प्रेम दिवस’ को शुभ मुहूर्त गरिएको छ । चलचित्र युनिटले बुधबार घटस्थापनाको अवसर पारेर मैतीदेवी मन्दिरमा पुगी स्क्रिप्ट र क्ल्याप पूजा गर्दै शुभ मुहूर्त गरेको हो । रियल मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा कलाकार सञ्जय न्यौपानेले लगानी गर्दै छन् । निर्देशक घिमिरे र निर्माता न्यौपाने दुवै झापाली हुन् ।

चलचित्रलाई प्रदिप भारद्वाजले लेखेका हुन् । कात्तिक ८ गतेबाट छायांकनमा जाने यस चलचित्रमा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल, हेमन्त बुढाथोकी लगायतका कलाकारहरु पक्का भइसकेको छ । खरेलले यस चलचित्रबाट डेब्यु गर्न लागेका हुन् । चलचित्रलाई झापा, इलामलगायत विभिन्न जिल्लामा छायांकन गरिने निमार्ता न्यौपानेले बताए । चलचित्रमा हरि लामाको छायांकन रहनेछ । चलचित्र १ करोड २५ लाख रुपयाँको लगानीमा निर्माण गर्न लागिएको हो । यसअघि चलचित्रको नाम ‘राधा २’ राख्ने चर्चा थियो । तर, छायांकन अगाडि नाम परिवर्तन गरी ‘प्रेम दिवस’ राखिएको हो ।

Facebook Comments