११ हजारले लिए बिएन्डसीमा नि:शुल्क सेवा

बिर्तामोड, असोज २९ । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालले गत असोज ७ देखि २६ गतेसम्म सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा ११ हजार ३ सय ६२ जनाले सेवा लिएका छन् ।

अस्पतालले शनिबार आयोजना गरेको दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइर्ंले ९ हजार ६ सय ६२ जनाले ल्याब सेवा र ५ सय ६२ जनाले शल्यक्रिया गरेको जानकारी दिए । उनले अस्पतालले एक वर्षको अवधिमा ९ वटा छिनेका हात खुट्टा जोड्न सफल भएको बताए । अस्पतालले आगामी फागुन १८ गते दक्षिण एसियाकै नमुना क्यान्सर अस्पतालको समेत उद्घाटन गर्ने जनाएको छ । मेची अञ्चलका ३० लाख जनतालाई लक्षित गरी खोलिएको अस्पतालले अहिले नेपाल र भारतका बिरामीको समेत उपचार गरेर विश्वास जित्न सफल भएको छ ।

एक वर्षको अवधिमा आश्चर्यजनक र काठमाडाँैदेखि रेफर गरिएका बिरामीको समेत सफल उपचार गरेको भन्दै दक्षिण एसियामै सुविधासम्पन्न अस्पताल बन्नेतर्फ प्रयासरत रहेको समेत पत्रकार सम्मेलनमा जनाइएको छ । गरिब तथा विपन्न परिवारका बिरामीलाई नि:शुल्क उपचार गराइरहेको अस्पतालले आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने घोषणा गरेको छ ।

केही भ्रामक कुराहरु फैलाएको भन्दै अस्पतालले त्यस्तो भ्रममा नपर्न सचेत समेत गराएको छ । बिएन्डसीमा उपचार गर्दा धेरै रकम लाग्ने गरेको भन्ने आरोप गलत भएको अस्पतलककी अध्यक्ष इन्दिरा गिरीले बताइन् । कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।

Facebook Comments