‘गाला डिनर’का लागि हरिवंश आचार्य अष्ट्रेलिया जाने

कार्तिक ९, काठमाडौँ  । वरिष्ठ हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्य गाला डिनरका लागि अष्ट्रेलियाको सिड्नी जाने भएका छन्।

बाबा कन्सल्टेन्सीको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा गाला डिनरको आयोजना हुन लागेको हो। आचार्यसँगै गायक सञ्जीव पराजुली र समिर आचार्यको प्रस्तुति रहने आयोजक अमृत शर्माले जानकारी दिएका छन्।

मनोरञ्जनका साथै स्वादिष्ट खानाको परिकारसँगै गरिने भिआइपी शो लाई गाला डिनर भन्ने गरिन्छ।

कार्यक्रममा आचार्यका रमाइला प्रस्तुतिहरुका साथमा हस्ताक्क्षरसहित चर्चित पुस्तकहरु ‘हरिबहादुर’ र ‘चिना हराएको मान्छे’ पनि बिक्रिवितरण गरिने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रम ३ नोभेम्बर २०१८ मा इन्द्रेणी फक्सन सेन्टर रक्डेलमा बेलुका ६ बजे बाट सुरु हुने आयोजक रवीन्द्रकुमार शर्माले जानकारी दिए।

विजयादशमी र दीपावलीको अवसरमा शुभकामना आदान प्रधान र भेटघाटका साथ डिनरको आयोजना गरिएको र उक्त कार्यक्रमबाट उठेको रकम नेपालमा मानव सेवा आश्रमको लागि सहयोग गरिने आयोजकले जानकारी दिएको छ।

 

 

 

source : nepalkhabar.com

Facebook Comments