मिस दमक आइकन बनिन् इश्मा

दमककी, इश्मा पौडेलले मिस दमक आइकन-२०१८को उपाधि जितेकी छिन् । गत असोज ३० मा सम्पन्न ग्रान्ड फिनालेमा १२ जना प्रतियोगीलाई उछिन्दै इश्माले उपाधि हात पारेकी हुन् । उपाधिसँगै उनले नगद ५० हजारसहित आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

त्यसैगरी, दिपमा खुलाल बस्नेत फस्ट रनरअप, सेकेन्ड रनरअप लक्ष्मी लिम्बू घोषित भइन् । उनीहरुले क्रमश: ३० र २० हजार, प्रमाणपत्र प्राप्त गरे । त्यस्तै, प्रतियोगिताको थर्ड रनरअप कृतिका रिजाल घोषित भइन् । गत भदौ २० गतेदेखि सुरु भएको सो प्रतियोगिताको आयोजना शंकर आर्ट फाउन्डेसनले गरेको हो । मोफसलमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले दमकमा पहिलोपटक उक्त प्रतियोगिता गरिएको फाउन्डेसनका कोअर्डिनेटर शंकर विश्वकर्माले जानकारी दिए ।

प्रतियोगितामा १६ देखि २५ वर्ष उमेर समूहका ७० जनाभन्दा बढी प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । प्रतियागिताका विजेताहरुलाई आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Facebook Comments