भारतमा चाहना समूहको शानदार जित

बिर्तामोड, कात्तिक १० । भारतको दार्जिलिङस्थित सुकियामा जारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा झापा बिर्तामोडको चाहना समूह क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

तेस्रो स्वार्गीय दिपक गर्ग स्मृति आमन्त्रित सुकिया गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा चाहना समूहले भारत खारसाङको युकेएफसी क्लबलाई ३–१ को अन्तरले हराएको हो । नेपालबाट एक मात्र टिम रहेको चाहना समूहले अधिकांश खेलाडी झापा ११ बाट खेलाएको थियो । खेलमा चाहनाका विकेश लिम्बूले २ र पुष्प मादेनले १ गोल गरेको सचिव मदन राईले जानकारी दिए । खेलको म्यान अफ द म्याच विकेश भए ।

चाहनाको गोलपेस्टमा पनि आफ्नै खेलाडीले अन गोल गरेका थिए । चाहनाले आगामी खेल कात्तिक १३ गते मणिपुरको इमफाल सिटी फुटबल क्लबसँग खेल्ने सचिव राईले बताए । प्रतियोगितामा नेपाल, भारत र बंगलदेशका टिमको सहभागिता रहेको छ । विजेताले नगद दुई लाख भारु पाउनेछ ।

Facebook Comments