बैंक भित्रैबाट लुटियो सेवाग्राहीको १७ लाख

बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोडस्थित एनएमबी बैंकको शाखाभित्रैबाट एक व्यक्ति लुटिएका छन् । आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन-१ का शेरबहादुर गुरुङको १७ लाख नगद लुटिएको हो ।

झोलामा रकम लिएर बैंक गएका गुरुङ बैंकको काउन्टरअघि रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक व्याक्तिले उनको रकम भएको झोला बोकेर भागेका थिए । बैंकका सुरक्षा गार्डसमेत कमजोर स्वभावका भएकाले लुट्ने व्यक्ति भाग्न सफल भएको पाइएको प्रहरीले बताएको छ ।

घटना मध्यान्ह १२ बजेर १७ मिनेटमा भएको बताइएको छ । रकम लुटेर भाग्नेको सिसी क्यामेरा फुटेजबाट पहिचान खुलेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताएका छन् ।

Facebook Comments