इष्ट होराइजनमा एनसिसी तालिम

धुलाबारी, कात्तिक २० । श्री राष्ट्रिय सेवा दलद्वारा विद्यालयस्तरमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत सिस ४५ औँ जुनियर डिभिजन तालिम इष्ट होराइजन मावि धुलाबारीमा सम्पन्न भएको छ ।

शैक्षिकसत्र २०७५ का लागि झापाबाट छनोट भएका ६ विद्यालयमध्ये इष्ट होराइजन पनि छानिएको थियो । यस कार्यक्रममा छात्रतर्फ १६ तथा छात्रातर्फ १८ गरी जम्मा ३४ विद्यार्थी सहभागी थिए । कार्यक्रममा विद्यार्थीले परेड, ड्रिल, तेक्वान्दो, एरोबिक्स, खुकुरी नृत्य र लोक नृत्यहरु प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्री नयाँ श्रीनाथ गण चारआलीका गणपति प्रमुख सेनानी मुक्काहाङ याक्थुम्बा, मेचीनगर १० का वडा अध्यक्ष सुवेशकुमार पनेरु, सेनानी जुद्धबहादुर निरौला, सहसेनानी कृष्णदेव शाहको उपस्थिति थियो । सहभागी विद्यार्थीका अभिभावक, शिक्षक, शिक्षिका तथा अन्य विद्यार्थीको माझमा सहभागीले प्रस्तुत गरेका कलाकौशलको सबैले प्रशंसा गरेका थिए । प्रस्तुतिको प्रशिक्षण वेदनाथ नेपालीले गरेका थिए ।

Facebook Comments