बिर्तामोडमा गोर्खा फाउन्डेसन

बिर्तामोड, कात्तिक २० । युवा व्यवसायी बिरु दर्नालले गोर्खा फाउन्डेसन नामक संस्थाको स्थापना गरेका छन् ।

गोर्खा फाउन्डेसन हामी सक्छौँ ‘एस वी क्यान’ नारा रहेको सो संस्थाको सोमबार आयोजित एक कार्यक्रमका बीच राजनीतिज्ञ एवम् वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले उद्घाटन गरे । गत वर्ष बिरामी परेर सिकिस्त भएको बेलामा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्न आयोजित कार्यक्रमका अवसरमा दर्नालले गोर्खा फाउन्डेसन नामक संस्थाको सुरुवात गरेका हुन् ।

अघिल्लो वर्ष डंेगु रोगका कारण गम्भीर बिरामी परेका बेला आफाई झापाका धरै व्यक्तिहरुले सहयोग गरेर पुनर्जीवन दिएको भन्दै दर्नालले सोही दिनको सम्झनामा सामाजिक संस्थाको स्थापना गरेको जानकारी दिए । संस्था स्थापना गर्नुको औचित्य प्रस्ट पार्दै दर्नालले फाउन्डेसन सामाजिक जस्तो देखिए पनि विशुद्ध व्यावसायिक संस्था हुने बताए । गोर्खा टेलरिङ व्यवसाय सञ्च्ाालन गर्दै आएका दर्नालले त्यसकै पान नम्बर प्रयोग गरेर फाउन्डेसन चलाउने बताए ।

व्यवसायबाट प्राप्त आम्दानीबाट खर्च कटाएर बचेको रकम जम्मा गर्दै संस्थालाई सामाजिक संस्थाको रुपमा मजबुत बनाउने लक्ष्य रहेको उनले बताए । कार्यक्रममा बिरामी परेर उपचाररत रहँदा सहयोग गर्ने दुई दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

संस्थाका महासचिव रञ्जीत परियारले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, वीरता जेसीजका संस्थापक बस्नेतलगायतले संस्था सफलताको शुभकामना दिएका थिए । फाउन्डेसनका अध्यक्ष दर्नालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

Facebook Comments