हङकङमा चलचित्र अवार्ड

पछिल्लो समयमा विदेशी भूमिमा नेपाली चलचित्रको अवार्ड हुने क्रम बढेको छ । यही क्रममा हङकङमा सन् २०१९ को जुनमा नेपाली चलचित्रको अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरुले यो अवार्डमा सहभागीता जनाउन पाउनेछन् ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा जिएम ठकुरी, लोकराज लिम्बू, लिलेश्वरी खड्का, सञ्जु भट्ट रहेका छन् । अवार्डको संयोजकको रुपमा शान्ति नेपाली रहेकी छन् । यो अवार्डमा चलचित्र क्षेत्रमा विशेष योगदान र्पुयाउने एक चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिनेछ ।

अवार्ड प्रदान गरिने कुल २१ विधाहरुमा पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, पपुलर निर्देशक, पपुलर जुरी अवार्ड, पपुलर हाँस्य कलाकार, पपुलर खलनायक, पपुलर नवनायक, पपुलर नवनायिका, पपुलर छायांकार, पपुलर लेखक, पपुलर सहअभिनेता, पपुलर सहअभिनेत्री, पपुलर संगीतकार, पपुलर गायक, पपुलर गायिका, पपुलर गीतकार, पपुलर चरित्र अभिनेता, पपुलर चरित्र अभिनेत्री रहेका छन् ।

अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गर्ने आयोजकले बताएको छ । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछ ।

Facebook Comments