सगुन सांगीतिक साँझमा कुवेर

झापाको कमल गाउँपालिका ५ मंगलबारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ । सगुन युवा क्लबले बर्सेनि तिहारको अवसरमा आयोजना गर्दै आएको सगुन साँझ यस वर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेले जानकारी दिए ।

स्थानीय मंगलबारे बजारको प्राङ्गगणमा आयोजित सांगीतिक साँझमा चर्चिक गायक कुवेर राई, हाँस्य गायक श्रीकृष्ण लुइँटेललगायतका कलाकारले आआफो सुमधुर गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै, स्थानीय कलाकारहरुले समेत विभिन्न गीत, नृत्यहरु प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा क्लबले वरिष्ठ गायक राईलाई नेपाली गीत, संगीत क्षेत्रमा योगदान पुरयाएबापत सम्मान गरेको थियो । सांगीतिक साँझमा समाजसेवी दिलिप राई, क्लबका पूर्वअध्यक्षहरु हुकुमसिंह राई, गणेश आङदेम्बे, प्रमोद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments