शरणार्थीलाई विलसनको सहयोग

दमक, मंसिर २  । कलाकार विलसनविक्रम राई तक्मे बुढाले दमकको भुटानी शरणार्थी शिविरभित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिबार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् ।

उनले शरणार्थी शिविरबाट बाहिर ९ र १० कक्षामा अध्ययन गर्न जाने विद्यार्थीका लागि शिविर व्यवस्थापन समितिमार्फत ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।

त्यस्तै, उनले शिविरभित्र रहेका २ वटा ज्येष्ठ नागरिकको परिवारलाई जनही ५ हजारका दरले १० हजार रुपैयाँ सहयोग गरेका छन् । बेलडाँगीको सोह्रघरेभित्रका ज्येष्ठ नागरिक पूर्णबहादर लिम्बू र जंगबहादुर खड्कालाई उनले उक्त सहयोग हस्तान्तरण गरेका छन् ।

राईले शिविरका बालबालिकाको अध्ययनका लागि शिविर व्यवस्थापन समितिमार्फत सो नगद क्याम्प सचिव टिकाराम रसाइलीलाई हस्तान्तरण गरेका हुन् ।

Facebook Comments