भद्रपुर, मंसिर ५ । मिक्स मार्सल आर्टअन्तर्गत अन्तर्राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितामा भाग लिन भारतको दिल्ली जान लागेका भद्रपुरका एकजना खेलाडीलाई सोमबार भद्रपुरमा विदाइ गरिएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै भारत जान लागेका भद्रपुर-६ निवासी सुभम मल्लिकलाई भद्रपुर नगरपालिका र झापा जिल्ला बक्सिङ संघले संयुक्त रुपमा स्वागत-सम्मानसहित विदाइ गरेको हो । २० वर्षीय सुभम भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारतेन्दुकुमार मल्लिकका छोरा हुन् ।
नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त समारोहका बीच नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, झापा जिल्ला बक्सिङ संघका अध्यक्ष सञ्जीव घोष, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, बक्सिङका प्रशिक्षक डम्बर लिम्बूलगायतले मल्लिकलाई फूलमाला अबिर पर्हियाएर जीतको शुभकामनासहित विदाइ गरेका थिए ।
मल्लिकले दिल्लीमा आयोजना हुने एमएमए प्रतियोगितामा ६४ केजी तौल समूहमा अफगानिस्तानका खेलाडीसँग प्रतिस्पर्धा गर्ने झापा जिल्ला बक्सिङ संघका अध्यक्ष घोषले जानकारी दिए । त्यहाँ बक्सिङमा नेपालभन्दा बलियो मानिएको अफगानिस्ताका खेलाडीलाई मल्लिकले पराजित गर्न सके भने नेपालकै बक्सिङको स्तर माथि उठ्ने पनि घोषले बताए ।
नगरपालिकाको सामाजिक विकास समितिकी संयोजक मित्रा भट्टराईको अध्यक्षतामा शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले भद्रपुर निवासी सुभम विजयी भएर भद्रपुरको नाम र गरिमा बढाउन सफल हुने विश्वास व्यक्त गरे । उनले नगरपालिका नगरभित्र सबैखाले खेलकुदको विकास र संरक्षणमा लागिपरेको भन्दै उनले नगरमा खेलाडी उत्पादन गर्न प्रतियोगिताहरु आयोजना गरिने पनि जानकारी दिए ।
सोही कार्यक्रमका बीच राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितामा भाग लिन काठमाडौँ जान लागेका भद्रपुरका धनेन्द्र राई र रोहन मल्लिकलाई पनि विदाइ गरिएको थियो । पछिल्लो समयमा बक्सिङमा झापाले उल्लेख्य सफलता हात पार्दै आएको छ । अघिल्लो वर्ष मेची रंगशालामा भएको राष्ट्रिय बक्सिङ प्रतियोगितामा झापाले विभागीय टोलीका खेलाडीसमेतलाई पछि पारेर उत्कृष्टता हासिल गरेको संघका अध्यक्ष घोषले बताए । उनले मल्लिक उत्कृष्ट बक्सिङ खेलाडी भएकोले दिल्लीमा विजयी हुने विश्वास व्यक्त गरे । मल्लिकलाई प्रतियोगितामा सहभागिताका लागि आवश्यक आर्थिक व्यवस्थापन भद्रपुर नगरपालिका र संघका अध्यक्ष घोषले मिलाइदिएका छन् ।
7 प्रतिक्रिया
Pingback: mechanistic PK studies
Pingback: จํานําทะเบียนรถยนต์ ไม่ต้องโอนเล่ม
Pingback: clean dryer vent
Pingback: relevant in vivo models of human diseases
Pingback: B4C powder
Pingback: Stacey LeAnn
Pingback: Biowaiver studes