माछापालनमा दाजुभाइ

झापा, मंसिर ५ । विदेशको मिठो सपना लिएर तातो घाम र मरुभूमिमा १२ वर्ष दु:ख गरेर घर आएपछि पनि कुनै प्रगति गर्न नसकेको दाजु र स्नातक गरेर जागिरको लागि विभिन्न संघसंस्था, नेताको ढोका ढक्ढकाएर निरास बनेका भाइ । कमल ६ बस्ने हेमबहादुर लिम्बूका ३ छोरामध्ये २ छोरा निमीकुमार लिम्बू दाजु र लक्ष्मी लिम्बू भाइ सफल माछापालन व्यवसायी बन्न पुगेका छन् ।

दाजुभाइको मेहनत र लगनशीलताले स्वदेशमै व्यवसाय गर्न सकिन्छ भन्ने सबैको लागि उदारणीय पे्ररणाको स्रोत बनेका छन् । यही प्रेरणाको स्रोत बनाउन मद्दत र्पुयाएको छ, कर्णाली बचत तथा ऋण सहकारी लखनपुर सेवा केन्द्रले । यी सामान्य परिवारका दाजुभाइका लागि कुनै पेशा व्यावसाय गर्ने अवस्था पनि थिएन । के गर्ने भनेर योजना पनि बनाउन नसकिरहेको अवस्थामा इन्टरनेटले माछापालन गर्ने सोच बनाइदियो ।

सोच त माछापालन गर्ने बन्यो तर पँुजी कहाँबाट कसरी प्राप्त गर्ने फेरि यस कुराले उनीहरुलाई निरास बनायो । तर, जोशजाँगर लगनशील युवाहरुको लागि निरासलाई सफल प्रयासमा बदल्न सक्ने रहेछन् भन्ने उदारहण दिएका छन् । युवा दाजुभाइ लगानीको स्रोत जुटाउन विभिन्न बंैक तथा वित्तीय संस्थामा जाने क्रममा कर्णालीको लखनपुर सेवा केन्द्रमा गई माछापालन व्यवसाय गर्ने योजनाहरु प्रस्ताव गरे । युवाहरुको माछापालन व्यवसायको योजना उचित लागेकोले उनीहरुलाई सो व्यवसाय सञ्चालन गर्न ५ लाखसम्म लगानी गर्ने भनेपछि उनीहरु उत्साहित भएका थिए ।

कर्णलीबाट कर्जा लिएर उनीहरुले दुईवटा पोखरी निर्माण गरी फावेन कृषि फर्म सञ्चालन गरेका छन् । सुरुमा माछाका ८ हजार भुरा हालेर अर्गानिक माछा उत्पादन गर्न थालेका छन् । उत्पादन गरिएका माछा आफ्नै गाडीमा स्थानीय बजारदेखि विराटनगरसम्म सहज रुपमा बिक्री हुन थालेको छ ।

उनीहरुको व्यपारले आम्दानी गर्दै गएपछि हाल थप पुन: १७ लाख कर्जा लिएर ८ वटा पोखरी निर्माण गरी ८० हजार माछाका भुरा पोखरीमा हालिएको छ । उनीहरु मासिक ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।

Facebook Comments