बलात्कारका घटनामा बाबुछोरासहित ६ पक्राउ

दमक, मंसिर ६ । झापाको दमक आसपासमा बलात्कारका घटना बढ्दै गएका छन् । प्रहरीका अनुसार पछिल्लो एक सातामा तीनवटा बलात्कारका घटना भएका छन् । ती घटनामा ६ जना संलग्न आरोपी नियन्त्रणमा परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार पछिल्लो एक साताका अवधिमा दमक र गौरादहमा भएका छुट्टाछुट्टै जबरजस्ती बलात्कारका घटनामा एकै घरका बाबु, छोरासहित ६ जना फउ परेका छन् । चार दिनअघि दमक- १ की १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरी पाँच महिनाको गर्भ समेत राखेको अभियोगमा कमल गाउँपालिका -६ का २८ वर्षीय सञ्जीव राई, दमक-३ का १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा पाँचथर फाल्गुनन्द गाउँपालिका-६ घर भई हाल दमक-३ मा डेरा गरी बस्दै आएका २५ वर्षीय दिपक धमला फउ परेको प्रहरी निरीक्षक एक्तेनले बताए ।

यसैगरी, दुई दिनअघि झापाको गौरादह नगरपालिका-५ स्थित महारानीझोडाकी एक १५ वर्षीया अशक्त बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको अभियोगमा बाबु, छोरासहित ४ जना फउ परेको उनले जानकारी दिए । पीडित बालिकाको उजुरीपछि दोभाषेका सहयोगमा अभियुक्तहरु समातिएका हुन् । प्रस्ट बोल्न नसक्ने अशक्त बालिकालाई अभियुक्तहरुले विभिन्न समयमा बलात्कार गर्दै आएको उजुरीमा जनाइएको छ ।

यसरी फउ पर्नेहरुमा गौरादह-५ का ५८ वर्षीय खड्ग बराइली, २८ वर्षीय प्रविण बराइली, २४ वर्षीय छत्रमान बराइली र पुरुषोत्तम बराइली नियन्त्रणमा लिइएको एक्तेनले बताए । पुरुषोत्तम बाहेक अन्य बाबुछोरा भएको बताइएको छ ।

प्रहरीले फउ परेका राईविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरेको छ भने अन्य आरोपीको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments

One comment

  1. Pingback: Google