उपाधि आयोजकको पोल्टामा

बुधबारे, मंसिर ६ । झापाको बुधबारेमा सम्पन्न एनएमसी बुद्धशान्ति प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिताको उपाधि आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्तिले उचालेको छ ।

प्ा्रदेश नम्बर १ को नेपाल प्रहरीलाई ३-२ को सेटमा (२१-२५, २५-२०, २५-२२, २२-२५ र १९-१७) पाखा लगाउँदै आयोजकले उपाधि उचालेको हो । उपाधिसँगै आयोजकले एक लाख नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता प्रहरीले नगद ५० हजार प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने टिम भोजपुरले नगद २५ हजार प्राप्त र्गयो । प्रतियोगिताका उत्कृष्ट खेलाडीमा आयोजकका आशिषजंग कार्की घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच प्रहरीका जितबहादुर मगर भए ।

राष्ट्रिय युवा समाजको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मुख्य प्रायोजक रहेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । समाजका अध्यक्ष सन्तोष ढकालको सभापतित्व तथा प्रदेश सांसद वृख प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भीमप्रसाद ढकाल, चारआली व्यारेकका गणपति निमित्त सेनानी निराजन विष्ट, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो ।

आयोजकका प्रेम नेम्वाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, बुद्धशान्ति ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेती समाजसेवी लयप्रसाद भण्डारी, समाजसेवी मनोरथ तिवारीलाई सम्मान गरिएको थियो ।
चन्द्रसूर्य युवा क्लब तथा आदर्श युवा क्लब बुद्धशान्ति सहआयोजक रहेको प्रतियोगितामा मुख्य प्रायोजक नेपाल बहुउद्देश्यीय सहकारी संस्था र सहप्रायोजक गोकुलम रिसोर्ट इटहरी रहेका थिए ।

Facebook Comments