‘अनुग्रह’ ले उठायो लगानी

कात्तिक ३० गते देशभर प्रदर्शनमा आएको चलचित्र ‘अनुग्रह’ ले आफ्नो लगानी सुरक्षित गरेको छ ।

कुमार केसी निर्देशित यस चलचित्रले देशभर गरेको प्रदर्शनबाट आफसुरक्षित बनेको निर्माता तथा नायक रोहन सेन्च्युरी विवेचनालाई बताए । ‘अनुग्रह’ सँगै कात्तिक ३० मा पुकार भट्टराई निर्देशित चलचित्र ‘गुनगुन’ र सुरेश उप्रती निर्देशित चलचित्र ‘दैलो’ प्रदर्शनमा आएका थिए ।

चलचित्रमा नायकको रुपमा रोहन सेन्च्युरी र नायिकामा आरती गुप्ता तथा दिपशिखा सिलवाल रहेका छन् । अन्य कलाकारहरुमा सञ्जय न्यौपाने, सुवास मेचे, राजन गिरी र बालकलाकारमा कृष्टिना सेन्च्युरी रहेका छन् । चलचित्रलाई सन्तोष खवासले निर्माण गरेका हुन् ।

लक्ष्मी बैङकवेटस सिने मेकर्स प्रालि र अनुग्रह फिल्म्स् प्रालिको संयुक्त ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा करिब १ करोड लगानी गरिएको थियो । झापा, इलामलगायत पूर्वका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको यस चलचित्रलाई नायक सेन्च्युरी आफले लेखेका हुन् । चलचित्र देशभर अझै प्रदर्शनमा रहेको छ ।

Facebook Comments