‘ख्याल ख्यालैमा’ लिएर आए षडज सम्बाहाम्फे

नेपाली सांगीतिक आकाशका एक चम्किला नक्षत्रका रुपमा रहेका गायक षडज लिम्बू सम्बाहाम्फेका सिर्जनाहरु एकपछि अर्को गर्दै थपिँदै गइरहेका छन् । म्युजिक क्षेत्रमा सुन्दर भविष्यको सपना कल्पना गर्दैगर्दा उनी करिब १ दशकअघि पाँचथरबाट काठमाडौँ हानिएका थिए । सन् २०१४ मा भाइब्स क्रियसनमार्फत ‘पिरतीले होइन हजुर’ लिएर आएका उनी स्रोताको राम्रो गायककको रुपमा छानिन सफल भए । त्यसपछि बजारमा आएको उनको अर्को गीत ‘हो नि रेशम’ ले पनि राम्रो बजार बनाएको थियो । ‘नशालु’, ‘कस्तो यो भाग्य’, ‘तिम्रो सम्झनाले’ लगायतका दर्जनाँै गीतहरु उनका लोकप्रिय गीतहरु हुन् ।

राजधानीमा रहेर सांगीतिक करियरलाई नै अघि बढाइरहेका गायक सम्बाहाम्फले भर्खरै अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । राजु ढकालको शब्द संगीतमा रहेको गीत ‘ख्याल ख्यालैमा’ को म्युजिक भिडियोलाई गायकले आफ्नै युट्युब च्यानलमार्फत सार्वजिक गरेका हुन् । गणेशजंग रावलको निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोमा विश्व स्याङ्बो, अनिसा न्यौपाने र संजीता तामाङको अभिनय छ । दर्जनौँ म्युजिक भिडियोमा निर्देशन गरिसकेका चर्चित निर्देशक योदिन सम्बाहाम्फेले यस भिडियोलाई छायांकन तथा अर्जुन पोखरेलले सम्पादन गरेका छन् । यसअघिका म्युजिक भिडियोलाई जस्तै यसलाई दर्शक श्रोताहरुले मन पराउने आशा लिएको गायक सम्बाहाम्फेले बताए ।

Facebook Comments