नविनतम सोचमा ‘नविन’

गायक नविन पौडेलले नयाँ गीतको म्युजिक भिडियो लिएर आउने भएका छन् । यस अघि ‘मान्छे किन पागल’, ‘माया बिक्ने बजारमा’, ‘तिमी टाढा हुँदा’ लगायत दर्जनौँ गीतहरुमा आवाज भरिसकेका पौडेलले नयाँ गीत ‘पोखराकी सान्नानी’ को भिडियो लिएर आउने भएका हुन् । यस गीतमा सत्यराज चौलागाईंको शब्द तथा उज्ज्वल लिम्बूको संगीत छ ।

२०७० सालमा ‘मान्छे किन पागल’ भन्ने गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनी गायनसँगै विभिन्न विधामा पनि छन् । गायक पौडेल आफे आवाज भरेका प्राय: सबै आफ्ना गीतको म्युजिक भिडियोहरुमा आफ देखिने गर्दछन् । निर्देशनमा समेत अब्बल मानिने पौडेल बहुमुखी प्रतिभाका धनी हुन् । झापाको बिर्तामोडमा रहेर पनि राष्ट्रिय रुपमा ख्याति कमाइरहेका उनले एक समय निकै चर्चामा रहेको टिभी सिरियल ‘चलेको चलन’ समेत निर्देशन गरेका थिए । २०६९ सालदेखि २०७२ सालसम्म धारावाहीक रुपमा नेपाल टेलिभिजनबाट प्रसारण हुने यस सिरियलबाट उनले भिन्न छवि बनाउन सफल भएका हुन् ।

मोफसलमा बसेर पनि विभिन्न रचनात्मक काम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ बसेका पौडेल हाल गीत रेकर्डिङमा व्यस्त छन् । बेला मौका राजधानी ओहोरदोहोर गरिरहने उनले पछिल्ल्ाो समय ठुलो पर्दाको चलचित्र निर्माण गर्ने सोचमा पनि छन् । चलचित्रमा भित्रिएको नयाँ प्रविधिसँगै हरेक प्राविधिक कुरामासमेत अपडेट रहेका निर्देशक तथा गायक पौडेल यस क्षेत्रबाट टाढा नभई यही भित्र अझै सफलता खोजिरहेका छन् ।

Facebook Comments