योजना पुरीको ‘औँठी खसेछ’

गायीका तथा सञ्चारकर्मी योजना पुरीको नयाँ गीतको म्युजिक भिडियो ‘औँठी खसेछ’ सार्वजनिक गरीएको छ । नेपालका चर्चित हाँस्यकलाकार धुर्मस सुन्तलीको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा विशाल राईको शब्द, संगीत छ । कमेडी शैलीमा निर्माण गरिएको पूर्वेली लोक आधुनिक शैलीमा रहेको यस गीतको भिडियोमा करिश्मा ढकाल, विकास लामिछाने, मधुसुधन पाठक (सितेबा), सीतादेवी तिमल्सिना (चन्द्रमुखी) र सन्देश न्यौपानेले अभिनय गरेका छन् ।

भिडियोलाई चर्चित हाँस्य टेलिशृङ्खला ‘भद्रगोल’ का कलाकार तथा म्युजिक भिडियो निर्देशक दिपक आचार्यले एक्सन कट गरेका हुन् । सुमनसागर जंग केसीको कोरियोग्राफी भिडियोमा रहेको छ । बुद्ध थापा एन्ड टिमले छायांकन गरेको यस भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् । ओएस नेपाल लगायत विभिन्न ख्यातिप्राप्त सञ्चारमाध्यममा रहेकी गायिका पुरीको ‘मनै त हो’, ‘सान नानी’ लगायतका गीतहरु चर्चित छन् ।

Facebook Comments