sdr

प्रथम दक्षिण एसियाली शारीरिक सुगठनको उपाधि झापाका उमेशलाई

झापा, मंसिर १० । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता २०७५ मा झापाका उमेश राई ओभरअल च्याम्पियनसिपमा आठै देशका खेलाडीलाई पछि पार्दै प्रथम भएका छन् ।

राई ७५ केजी समूहमा प्रथम स्थान हासिल गर्दै ओभरअल च्याम्पियनसिपमा प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । प्रतियोगिताको ६० केजी तौल समूहमा श्रीलंकाका खेलाडी राजा कुमारनले प्रथम स्थान हासिल गरे भने श्रीलंकाकै कोलिन उदय कुमारनले द्वितीय स्थान हासिल गरे । नेपालका सुपेन्द्र डंगोलले तृतीय स्थान हासिल गर्न सफल भए । ६५ केजी तौल समूहमा भारतका एसके आरिफले प्रथम स्थान हासिल गरे भने नेपालका रोजे बज्राचार्यले द्वितीय र श्रीलंकाका जिजी एन विक्रमले तृतीय स्थान हासिल गरे ।

त्यस्तै, ७० केजी तौल समूहमा झापाका रामबहादुर दाहालले प्रथम स्थान हासिल गरे भने बंगलादेशका खेलाडीहरु एमडी अल अमिन र मिठु चोकदरले क्रमश: द्वितीय र तृतीय स्थान हासिल गरे । त्यस्तै, ७५ केजी तौल समूहमा नेपालका उमेश राईले प्रथम स्थान गरे भने बंगलादेशका खेलाडीद्वय एमडी उद्दीन र अब्बु सैयद मोल्लाले क्रमश: द्वितीय र तृतीय स्थान हासिल गरे । ८० केजी तौल समूहमा भने बंगलादेशका सुमनचन्द्र दासले प्रथम स्थान हासिल गरे र नेपालका खेलाडीद्वय अनुज मास्के तथा ललित धिमालले क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गरे ।

पुरुषहरुको १ सय ७१ सेन्टिमिटर भन्दा तलको उचाइ समूहको फिसिक्स क्याटागोरीमा बंगलादेशका खेलाडीद्वय एमडी इम्रानुल र अरिफ चौधरी अपुले क्रमश: प्रथम तथा द्वितीय स्थान हासिल गरे भने नेपालका पारस ताम्राकारले तृतीय स्थान हासिल गरे । त्यस्तै, पुरुषहरुकै १ सय ७१ सेन्टिमिटरभन्दा माथिको उचाइ समूहमा नेपालका रमेश श्रेष्ठले प्रथम स्थान हासिल गरे भने नेपालकै सम्यक उदास र विनोद परियारले क्रमश: द्वितीय र तृतीय स्थान हासिल गरे ।

महिला बडी फिटनेसमा नेपालकी शोभा मानन्धरले पहिलो स्थान र नेपालकै पूजा गुरुङ, पम्फा राई, र पूजा श्रेष्ठले क्रमश: दोश्रो, तेश्रो र चौथो स्थान हासिल गरे ।

Facebook Comments