किस्ट बैंक घोटाला प्रकरण : सुनसरीबाट ३ अभियुक्त पक्राउ

तात्कालीन किस्ट बैंकमा कमसल धितो राखी करोडौँ रकम निकालेको अभियोग लागेका ३ जना पक्राउ परेका छन् । उनीहरूलाई सुनसरीको इनरुवाबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले पक्राउ गरेको हो ।

 

टोलीले आइतबार इनरुवा ३ सखुवागाछीका सुरेश भन्ने कुलप्रसाद पोखरेल, इनरुवा २ का प्रमोद देव र अजय देवलाई पक्राउ गरेकोे सिआइबीका डिएपी श्यामबाबु ओलियाले जानकारी दिए । यसअघि पाल्पा रम्बा गाउँपालिका ३ स्थायी घर भई हाल ललितपुर २३ हात्तीवन बस्ने तात्कालीन किस्ट बैंकमा किस्ट बैंकका डेपुटी सिइओ बाल नरसिंह(बिएन) घर्ती मंसिर ६ गते काठमाडौंको अनामनगरबाट पक्राउ गरेका थिए ।

 

यस्तै, ललितपुर ११ स्थायी घर भई तात्कालीन किस्ट बैंकमा क्रेडिट कमिटी अफिसरका रूपमा कार्यरत प्रगुन श्रेष्ठ पनि ललितपुरको दमकलमोडबाट पक्राउ परेका छन् । तात्कालीन सिइओ कमल ज्ञवाली १९ असोजमा भारतमा पक्राउ परेपछि घटनामा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका हुन् । बैकिङ कसुर मुद्दामा अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान सुरु गरिएको डिएसपी ओलियाले जानकारी दिए ।

 

 

 

source : http://www.nayapatrikadaily.com

Facebook Comments