भुपु र बेनुका भन्छन् ‘जुनी भरीसँगै जिउँला’

नेपाली सांगीतिक क्षेत्रमा धेरैले रुचाईएका गायक भुपु पाण्डे आफ्ना हरेक सृजनाहरुमा नयाँ पन दिन माहिर मानिन्छन् । केही दिन अघि मात्रै उनले नायक दयाहाङ्ग राईकी श्रीमती बेनुका राईसँगको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरे । ‘जुनी भरीसंगै जिउँला’वोलको गीतको म्युजिक भिडियो बजारमा लिएर आएका उनी अहिले यसैको प्रचार प्रसारमा व्यस्त छन् । गीतलाई राजेश अर्यालले लेखेका हुन् । आधुनिक गीत लेखनमा कलम चलाउने युवा गीतकार अर्यालका दर्जनौ गीतहरु रेकर्ड भएका छन् । गीतलाई गायक पाण्डे स्वयमले संगीत गरेका हुन् ।

म्युजिक भिडियोलाई अनिल के.मानन्धरले निर्देशन तथा छायाङ्कन गरेका हुन् । भिडियोमा सागर थापा र मनिषा तामाङको अभिनय देख्न सकिन्छ । सिलन लम्साललले सम्पादन गरेको यस भिडियोलाई श्याम कुवँरले कलरीङ्ग गरेका हुन् । चितवनको विभिन्न क्षेत्रमा छायाङ्कन गरीएको यस म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया प्राप्त भएको गायक पाण्डेले जानकारी दिए । उनले अन्य विभिन्न आधुनिक तथा चलचित्रका गीतहरुको काम भईरहेको बताएका छन् ।

Facebook Comments