आजदेखि देशभर “शान्ति”

सामाजिक तथा पारिवारिक कथाबस्तुमा निमार्ण गरीएको दिनेश लिङ्गदेन निर्देशित चलचित्र ‘शान्ती’आज शुक्रवार देखी देशभर प्रर्दशनमा आएको छ ।फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालीको व्यानरमा निमार्ण गरीएको चलचित्र ‘शान्ती’ करीव १ वर्ष अघिनै सम्पुर्ण काम सकाएर रिलिज डेटको उपयुक्त पखाईमा रहेको थियो । चलचित्रमा निर्देशक दिनेश लिङ्देनकै लेखन तथा निर्देशन छ ।

चलचित्रमा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय रहेको छ ।नव नायकको रुपमा दिखीएका सन्जिब थेवे तथा नायीकाको रुपमा रहेकी सुप्रिया श्रेष्ठको यो डेव्यु चलचित्र हो । चलचित्रमा निशा पोमु र सुशिल क्षेत्रीको मुख्य अभिनय गरेका छन् । चलचित्रमा २ वटा गीतहरु समावेश गरीएको छ । चलचित्रको प्रस्तुतकर्तामा कविता राई लिङ्देन रहेकी छिन् ।बसन्त थेबे कार्यकारी निर्माता र शान्ता बखिम थेवे निर्माता रहेको यस चलचित्रमा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व, रोशन वान्तवा राईको पार्श्व संगीत, ज्ञानु राईको छायांकन र मेगबहादुर मगरको सम्पादन छ ।

चलचित्रकी नायीका निशा पोमु पूर्व ‘मिस लिम्बु’समेत हुन् । कलाकारीतासंगै पछिल्लो समय जुम्वा डान्स प्रशिक्षककारुपमा चिनिएकी लिम्बुको दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय देख्न सकिन्छ । देख्दा हट एण्ड सेक्सी देखीने उनी नृत्यमा समेत अव्वल मानिन्छीन् । चलचित्र ‘शान्ती’बाट आफुले धेरै अपेक्षा गरेको बताईन् । विविध प्राविधिककारणले गर्दा समयमै प्रदर्शनमा आउन नसकेपनी दर्शकको रोजाइमा चलचित्र पर्ने उनको विश्वास छ । विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत राम्रो प्रभाव जमाएका चलचित्र निर्देशक लिङ्गदेनको अन्य चलचित्रहरु पनि प्रर्दशनको प्रखाईमा छन् । एक पछी अर्को गर्दै देशभरका हलहरुमा चलचित्र हाजीर गराउने तरखरमा रहेका उनको केही प्रोजेक्टको समेत काम भईरहेको छ ।

Facebook Comments