निल डेबिडलाई एसिया प्राइड अवार्ड

झापा, पुस ३ । नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन सफल निलडेबिड कटवाललाई एसिया प्राइड एवार्डले सम्मान गरिएको छ ।

एन्टी करप्सन फाउन्डेसन इन्डियाद्वारा उनलाई अवार्ड प्रदान गरिएको हो । एसिया स्तरमा भव्य रुपले आयोजना गरिएको उक्त सम्मान कार्यक्रम भारतको हरियाणास्थित करनाल भिभान रिसोर्ट्समा आइतबार सम्पन्न भएको हो । उक्त अवसरमा भारतसहित अन्य देशहरुका महान व्यक्तिहरु आफा उत्कृष्ट कार्यका लागि एसिया प्राइड अवार्डले सम्मानित भएका छन् । नेपाली हेयर एक्सपर्ट कटवाल यतिबेला नेपालमा मात्र नभई भारतमा समेत सक्रिय छन् । उनले नयाँ दिल्लीको जिके टु एम ब्लकमा आफो सलुन स्थापना गर्दै भारतको राजधानीमा आफो पहिचान स्थापित गरिसकेका छन् ।

त्यस्तै, कार्यक्रममा भारतका प्रख्यात बलिउड अभिनेता अभिषेक बच्चन विशेष अतिथिको रुपमा सहभागी भएका थिए । कलाकार राजा मुरादको पनि सहभागिता थियो । झापाको लक्ष्मीपुरमा जन्मेका निल डेबिडले विभिन्न देशहरुबाट हेयर स्टाइलको प्रशिक्षण लिएका छन् । नेपालको विभिन्न ठाउँहरुमा आफो शाखा र फचाइजीहरुको स्थापनापछि नयाँ दिल्लीको जिके टु एम ब्लकमा आफो सलुन स्थापना गर्दै भारतको राजधानीमा आफो पहिचान स्थापित गरिसकेका हेयर स्टाइलिस्ट कटवालले भारतकै शिवमाया कम्पनीसँग मास्टर फन्चाइजको सम्झौता समेत गरिसकेका छन् ।

त्यस्तै, इन्टरनेसनल कम्पनीले भारतको उत्तर प्रदेशले उत्तर प्रदेशको लागि मास्टर फेन्चाइस पनि सम्झैता गरिसकेको छ । कटवालको अन्तर्राष्ट्रिय रुपमा गरिएको कामको प्रशंसाका लागि उनलाई सम्मान गरिएको हो ।

Facebook Comments