सफलताको शिखर लिएर आए गौरवनारायण

धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ७ मा जन्मिएका गायक गौरवनारायण राई नेपाली संगीतिक क्षेत्रमा एक सुपरिचित गायक हुन् । एक दशक लामो सांगीतिक यात्रामा जीवनको हरेक आरोह अवरोहलाई पार गर्दै वर्तमान समयमा पनि त्यतिकै सक्रिय गायक राई गीत, संगीतलाई मनको ढुकढुकी र जीवनको अभिन्न अङ्ग ठान्दछन् । सुमधुर आवाजका धनी गायक राई रचनालाई संगीतबद्ध गर्न पनि माहिर छन् ।

मिलनसार, मेनहती, नम्र स्वभाव र सकारात्मक सोचका धनी गायक राई जीवनलाई एक संर्घष मान्दछन् । उनी भन्छन्, ‘जीवनमा हरेक बाधा अड्चन आउँछन् तर त्यो हरेक परिस्थितिलाई सम्हाल्दै गीत, संगीतबाट कहिले टाढा नरही सधँै यही क्षेत्रमा संर्घष गर्ने छु ।’

सांगीतिक क्षेत्रमा आजसम्म जुन स्थानमा छन्, यो हुनुमा परिवार र स्रोताको माया साथ सपोर्ट भएका बताउँछन् । एउटा सानो रहरबाट पलाएको यो सांगीतिक क्षेत्र आज आएर ठुलो सपना र लक्ष्यको रुपमा आफा माझ उभिएको देख्दा कहिलेकाहीँ डराएको महसुस गर्छन् । तर, हरेक दु:खसुखमा साथ माया ममताको छहारी दिने जीवनसंगिनीको हौसलाले सधैँ जोसजागरको साथ आगाडि बढिरहने प्रेरणा मिलेको बताउँछन् । स्वरमा आफ्नो छुट्टै पहिचान भएका गायक राईल केही दिनअघि राजधनीमा एक भव्य कार्यक्रम गरी (सफलताको शिखर) नामक गीती सङग्रह नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य गोपाल रसाइली, गायक, संगीतकार भीषण मुकारुङ, विनोद खम्बुलगायतले विमोचन गरेका छन् । ठाक्क ठुक्क, डाँडा पारि, लाग्यो लाग्यो, मेरो जीवनमा, आँधी बाटो, झुकाएर झक्दैन लगायत आठवटा गीतहरु समावेश गरेका छन् । चारवटा गीतमा आफले संगीत भरेका छन् भने विनोद खम्बु, कृष्णझराईले समेत गीतमा संगीत गरेका छन् ।

Facebook Comments

6 प्रतिक्रिया