सलमान अली बने ‘इन्डियन आइडल’ १० का विजेता

हरियाणाको मेवातका सलमान अली भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को १० औँ संस्करणको विजेता बने । आइतबार भएको फिनालीमा भएको लाइभ भोटिङ्ग तथा अघिल्लो हप्ता र शनिबार प्राप्त भएको भोटको आधारमा अली पहिलो भएका हुन् ।

उपाधि जितेका सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र एउटा कार उपहारमा पाएका छन् । यस्तै दोस्रो भएका अंकुशले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाए ।

इन्डियन आइडलको यो सिजनको सेकेण्ड रनरअप अर्थात तेस्रो स्थानमा १६ वर्षकी निलान्जन रे रहिन् ।

यस्तै नितिन कुमार र विभोर प्रासर चौथो र पाँचौँ स्थानमा रहे । निलान्जनाले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाइन् भने नितिन र विभोरले तीन–तीन लाख भारतीय रुपैयाँका साथ उपहारहरु पाए ।

 

Facebook Comments