दुर्घटनामा दुईको मृत्यु

बिर्तामोड, पुस २० । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी – १०, माइधारमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

बा १३ च ३१३८ नम्बरको कारलाई मे ४ प ३२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुघृटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा दुवै मोटरसाइकल सवार ताप्लेजुङका २१ वर्षीय सञ्जुहाङ लिम्बु र २५ वर्षीय सबिल लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमैे र अर्को जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments