रंगकर्मी कवितालाई कर्मठ महिला सम्मान

धुलाबारी, पुस २१ । सुसेली साहित्यिक परिवार झापाले रंगकर्मी कविता नेपाललाई ‘वेदकुमारी रेग्मी कर्मठ महिला’ सम्मानबाट शनिबार सम्मान गरेको छ ।

१० हजार १ सय रुपैयाँको यो पुरस्कार वरिष्ठ साहित्यकार कुन्ता शर्माले शनिबार झापाको पर्यटकीयस्थल बाँसबारी सिमसारमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् ।

नेपाल परिवर्तन थिएटर झापाका अध्यक्ष समेत हुन् । उनी करिब एक दशकदेखि नेपाली नाटक क्षेत्रमा सक्रिय छिन् । रंगमञ्चका क्षेत्रमा दिएको योगदानको मूल्यांकन गर्दै पुरस्स्कार प्र्रदान गरिएको संस्थाका अध्ध्यक्ष पुण्यप्रसाद खरेलले बताए ।

यो पुरस्कार साहित्यकार चूडामणि रेग्मीका पत्नी वेदकुमारीको नाममा सुसेली साहित्यिक परिवार काँकरभिट्टाले स्थापना गरेको हो । सुसेलीले समाजमा योगदान दिने महिलाहरुलाई बर्सेनि यो पुरस्कार प्रदान गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कुन्ता शर्मा, प्र्रतिनिधिसभा सांसद राम कार्की, प्रदेश सांसद श्रीप्र्रसाद मैनाली, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुभद्रा भट्टराई, साहित्यकार यज्ञराज प्र्रसार्इं, समाजसेवी कृष्णप्रसाद उप्रेती, कवि मिश्र वैजयन्ती, अच्युत घिमिरे, सुसेलीका उपाध्यक्ष केन्द्रप्र्रसाद भट्टराई, सम्मानित प्रतिभा कविता नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सुसेलीका सचिव कनक कार्कीले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका श्रष्ठाहरु लीला अनमोल, आरती पोखरेल, विवश बलिभद्र कोइराला, विशाल कँडेल, विमला चिमरिया, खगेन्द्रा खुसी, कोमलप्रसाद पोखरेल, जय आचार्य, हेम अधिकारी, विन्दु दाहाल, मिरा पोखरेल, जीवनाथ सुवेदी लगायतले कविता, गीत र गजल वाचन गरेका थिए ।

परिवर्तन थिएटरले चेतनामुलक नाटक समेत मञ्चन गरेको थियो ।

Facebook Comments

Advertisement