बुद्धशान्तिमा धुमधाम मनाइयो पृथ्वी जयन्ती

तीर्थ तिम्सिना, बुधबारे । झापाको बुद्धशान्तिमा २ सय ९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार धुमधामले मनाइएको छ । नागरिक समाज तथा राष्ट्रिय एकता दिवस समारोह समितिका अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार, मेची क्याम्पसका पूर्व प्रमुख तथा इतिहासविद् चिन्तामणि दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर उद्घाटन गरिएको कार्यक्रमका सहभागीहरुले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको कदर गरेका थिए । कार्यक्रमका वक्ताले शाहको योगदानलाई भुल्न नहुने बताउदै आजका दिन सार्वजनिक बिदा नदिएको प्रति सरकारप्रति असन्तुष्टि समेत व्यक्त गरेका थिए ।

शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो । तर, गणतन्त्र स्थापनापछि सो प्रचलन हटेको छ । सार्वजनिक विदा नदिए पनि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई जनस्तरबाटै सम्मान गर्न कुनै कसर बाँकी राख्न नहुने कार्यक्रमका प्रमुख अतिथि दाहालले बताए ।

दाहालले पृथ्वी नारायण शाह नेपाल एकीकरणका नायक भन्दै उनको योगदान नेपाली जनताले कहिल्यै बिर्सनु नहुने बताएका छन् । ‘अनेकता बीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो र आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ’,उनले भने । पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिले जस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने  पूर्व सांसद भक्त खपाङगीले बताए ।

सोही अवसरमा गाउँपालिका भरिका सबै सङ्घसंस्था, सरकारी तथा निजी कार्यालयका प्रमुखको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राख्नुका साथै बुधबारे चौकमा राष्ट्रिय झण्डा समेत राखिएको थियो । त्यसैगरी कार्यक्रममा सहभागीलाई पृथ्वीनारायणको योगदान समेटिएको पुस्तिका तथा तस्वीर समेत वितरण समेत गरिएको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष केदार कोइराला, माधव खतिवडा, बेनुप्रसाद कोईराला लगायतले आ–आप्mनो धारणा राखेका थिएभने खडानन्द वाग्ले, पे्रम नेम्वाङ, नेकपा अझापा अध्यक्ष चिन्तन पाठक, राप्रपा बुधबारे अध्यक्ष नारायण न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोह समितिका सचिव नन्दकुमार तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष केदार सापकोटाले स्वागत गरेका थिए ।

Facebook Comments