भिभोका वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्ट फोन आउँदै

झापाः भिभोले नेपाली बजारमा तीन नयाँ स्मार्ट फोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यही जनवरीको अन्तिम साता बजेट सिरिजका तीन नयाँ स्मार्ट फोनहरु ल्याउने जनाएको छ ।

भिभोको वाई सिरिजमा वाई ९१ आई वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।
कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्ट फोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ । भिभोले यी फोनहरुको स्लोगन बिगर ब्याट्री, मोर फन राखेको छ ।

भिभोका सन् २०१९ को सुरुवातमा नै आउने स्मार्ट फोनहरुमा ठुलो साइजको स्क्रीन हुनेछ भने ड्युल रियर क्यामरा पनि राखिनेछ ।

भिभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फुल भ्यु डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्युल रियर क्यामरा पनि छ । यो स्मार्टफोनको पछाडिको भागमा फिंगर प्रिन्ट सेन्सर पनि राखिएको छ । यी दुबै स्मार्ट फोनहरु वाटरड्रप नोच डिजाइनमा आउनेछन् ।

भिभो वाई ९१ आई मा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने ४०३० एमएएचको ब्याट्री प्याक रहेको छ । हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको यो स्मार्टफोन एन्ड्रोयड ८.१ मा आधारित फनटच ४.५ ओएसमा सञ्चालन हुन्छ ।

त्यसैगरी, वाई ९१ स्मार्टफोनमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने यसमा पनि ४०३० एमएएचको ब्याट्री प्याक राखिएको छ । यसमा पनि हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको छ ।

वाई ९१ आईमा २ जिबी र्याम र ३२ जिबी स्टोरेज हुनेछ भने वाई ९१ स्मार्ट फोनमा २ जिबी र्याम र ६४ जिबीको आन्तरिक स्टोरेज हुनेछ । यी दुबै स्मार्ट फोनहरुको स्टोरेज माइक्रो एसडी कार्डद्वारा बढाउन सकिनेछ ।

यी दुई स्मार्ट फोनहरुको मूल्य कति हुन्छ भन्ने अझै स्पष्ट भइरहेको छैन । तर नेपाली बजारमा वाई ९१ को मूल्य २५ हजार रुपैयाँभन्दा तल नै हुने तथा वाई ९१ आईको बजार मूल्य २० हजार रुपैयाँभन्दा कम नै हुने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा यी स्मार्ट फोनहरु ओसियन ब्लु र स्टेरी ब्ल्याक कलर अप्सनमा आउन सक्नेछन् ।
भिभोले अर्को स्मार्ट फोन पनि बजारमा ल्याउने तयारी गरेको छ, जुन वाई ९१ आई र वाई ९१ भन्दा माथिल्लो रेन्जको स्मार्ट फोन हो । यो स्मार्ट फोनमा पनि वाई ९१ को जस्तै स्पेसिफिकेसनहरु रहेका छन् ।

तर, यसमा क्वालकम स्न्यापड्रागन ४३९ अक्टा कोर प्रोसेसर राखिनुका साथै ४ जिबी र्याम र ६४ जिबीको आन्तरिक स्टोरेज हुनेछ । । यो स्मार्ट फोनमा सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।

वाई ९५ स्मार्टफोनको मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँभन्दा कम हुने अनुमान गरिएको छ । यी स्मार्ट फोनहरुको बारेमा आधिकारिक जानकारी आगामी दिनहरुमा आउने नै छ ।

Facebook Comments

Advertisement