गायक बादल लिम्बू सामाजिक काममा,गाउँमा सहयोग गरे खेलकुदका सामाग्री

उर्लाबारी । गायक तथा संगीतकार बादल लिम्बु पछिल्लो समय सामाजिक काममा सक्रिय भएका छन् । लामो समयदेखी संगीतसाधानामा क्रियाशिल लिम्बूले आज अर्जुनधारा २ खुदुनावारीमा दाहालटार फुटवल क्लवलाई टिम सेट जर्सी र फुटवल सहयोग गरेका हुन् । गायक बादलले गाउँको खेल विकासको लागि खेलाडीहरुलाई सहयोग गरेको बताए ।

आफु साँगीतिक क्षेत्रबाट गाउँको नाम चिनाउन संघर्षरत रहेको छु,उनले भने, खेलकुदको माध्यमबाट चिनाउन लागि गाउँवाशीमा मेरो सदैब सहयोग रहनेछ । क्लवका पदाधिकारीहरुले गायक लिम्बूको सहयोग प्रति खुशी प्रकट गरेका थिए ।
गायक लिम्बूको हराए म तिम्रो मायामा बोलको गीत चर्चित छ ।

Facebook Comments