बुद्धशान्तिमा नेविसंघको र्याली

बुधबारे माघ १२ । संसद्ले विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै नेपाल विद्यार्थी सङ्घ बुद्धशान्तिले आइतवार झापाको बुद्धशान्तिमा र्याली र कोणसभा गरी विरोध जनाएको छ । नेबिसंघ बुद्धशान्तिका सभापति नरेश लावतीको अध्यक्षतामा कार्यक्रम भएको हो । र्यालीपछि आयोजित सभामा नेविसंघ जिल्ला सदस्य भुपेन्द्र थेवे, जिल्ला प्रवक्ता सञ्जय निरौला लगायतले मन्तव्य राखेका थिए ।

सभामा अधिकांश वक्ताले सरकारले आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले विरोधमा उत्रिनु परेको बताए । बुधबारे मुख्य चोकबाट निस्केको विरोध र्याली बुधबारे बजार परिक्रमा गरी पुनः चोकमै आएर कोणसभामा परिणत भएको थियो । कोणसभाको सञ्चालन नेविसंघ जिल्ला सदस्य गोकुल पौडेलले गरेका थिए । बुद्धशान्ति लगायत झापाको दमक, काँकडभिट्टा ,चारआली, दुधे ,कचनकवल लगायतका विभिन्न स्थानमा शान्तिपुर्ण ढंगले विरोधका कार्यक्रम भएको नेविसंघ जिल्ला सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।

Facebook Comments