मुर्तिकलालाई बाँच्ने आधार बनाउदैं रामकुमार

उर्लाबारी । मोरङ मिक्लाजुङ—४ का रामकुमार राई एक दशक देखी मुर्तिकलामा क्रियाशिल हुनुहुन्छ । यहि पेशालाई जिविको पार्जनको माध्यम पनि बनाईरहनुभएको छ ,राईले । परम्परागत मूर्तिकलामा अब्बल मोरङ राईले यहि पेशाबाट आर्थिक उपार्जन गर्ने मात्र होईन्, युवाहरुको लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण समेत बन्नुभएको छ ।

मन्जुल मुर्तीकलामा प्रशिक्षण लिएका राई अझै धेरै पैसा कमाउन विदेश जानुभयो, तर बराईन पुगेपछि झनै दुख पाउनुभयो । अनि आफ्नो मुर्तीकला मोहलाई स्वदेश फर्केर मुर्ति बनाउदैं पुरा गर्न लाग्नुभयो । राई भन्नुहुन्छ, यहि पेशामा मेरो भविष्य रैछ, अन्य काममा खासै ध्यान जाँदैन् । मुर्तीकलामा निक्कै मेहेनत गर्नुहुने राई मूर्तिको बुट्टा काट्नुका साथै चम्काउने काम पनि आफैँ गर्नुहुन्छ । उहाँले विभिन्न सहिद तथा साहित्यकारहरुको प्रतिमा मुर्ती मार्फत दुरुस्तै उतार्ने गर्नुभएको छ ।

सानैदेखि मूर्तिकलामा लागे पनि व्यावसायिक रुपमा लागेर यो काम गरेको उहाँले १० वर्ष भयो । कमाइ सन्तोषजनक छ । कामको चापले व्यस्तता बढेको छ,रामकुमारको ।
देवी, देउता, राष्ट्रिय विभूति र मानिसहरुको शालिक गरी रामकुमारले हालसम्म दुईसय भन्दाबढी शालिक निर्माण गरिसक्नुभएको छ ।
मुर्तीकार मञ्जुल मितेरीको प्रेरणाबाट यस क्षेत्रमा हात हालेको बताउने उनी पित्तल, तामा, जस्ता लगायतबाट बनाइने परम्परागत मूर्तिकला मात्रै होइन ढुङ्गामा कुदेर पनि राम्रा मुर्ति तयार पार्न हुन्छ ।
यो पेसाबाट नाम र दाम दुवै मिल्ने गरेको उहाँले बताउनुभयो । ठिकै छ, स्वदेशमै काम गरेर खान सजिलो भइरहेको छ । कामप्रति सन्तुष्ट छुु, उहाँले भन्नुभयो ।
मूर्तिका काम गर्दै गर्दा भेटिएका उहाँले भन्नुभयो, सिप र मेहनत अनुसारको आम्दानी हुन्छ ।

Facebook Comments