खुदुनावारीमा घुम्ती शिविर

विर्तामोड : अर्जुनधारा नगरपालिका १,२ र ३ लाई लक्षित गरी खुदुनावारीमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा एकीकृत घुम्ती शिविर सञ्चालन भएको हो । शिविरमा २५ सय सर्वसाधारणले सेवा लिएका छन् ।

शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली संकलन, निशुल्क आँखा शिविर, साल्टट्रेडिङ कर्पोरेसनद्वारा आयोडिनयुक्त नुन वितरण, मानव स्वास्थ्य शिविर, आयुर्वेद स्वास्थ्य शिविर लगायतको सेवा उपलब्ध गराइएको थियो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना र जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपमेयर कमला खतिवडा र वडा–३ का अध्यक्ष जीवकुमार भण्डारीले नागरिकता वितरण गरेर शिविरको उद्घाटन गरेका थिए ।

Facebook Comments