दुव्र्यसनीलाई विद्यार्थीले खुवाए लड्डु

कनकाई : झापाको शिवसताक्षी–१० माइधारको मेची बोर्डिङ स्कूल र बालनिकुञ्ज माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले सुरुङ्गास्थित नयाँ दृष्टि प्रतिष्ठानमा पुगेर लागूऔषध दुव्र्यसनीसँग छलफल गरेका छन् । शुक्रवार १०० जना विद्यार्थी सन्देशमुलक प्लेकार्ड, खादा र लड्डु बोकेर प्रतिष्ठान प्रवेश गरेका थिए ।

प्रतिष्ठानमा लागुऔषधको दलदलमा फसेका ३५ जना युवालाई सुधारका लागि राखिएको छ । कोठाभित्र राखिएका युवालाई भेटेर विद्यार्थीको समूहले सम्मानसहित लड्डु खुवाएको थियो । अगाडिको जीवनलाई थप सफल बनाउन मद्दत गर्ने भन्दै विद्यार्थीले आफ्नै हातले सुधार केन्द्रमा रहेका युवालाई लड्डु खुवाएर चाँडै समाजमा अन्तरघुलन हुन शुभकामना दिएका छन् ।

विद्यार्थीहरुले लागुऔषध प्रयोगविरुद्ध चेतना जगाउन लागुऔषधको कुलतमा फसेर पुनस्र्थापनाको पर्खाइमा रहेका युवा समुहका समस्याका वारेमा साक्षात्कार गरेको मेची बोर्डिङ स्कूलका प्रिन्सिपल तथा सामाजिक अभियन्ता भीम भट्टराईले बताए । अभियानका क्रममा विद्यार्थीहरुले सुधारकेन्द्रमा रहेका युवाहरुको घरायसी समस्याका वारेमा समेत अन्तरक्रिया गरेका थिए ।

विद्यार्थीको यो अभियानमा ब्रिटिस काउन्सिलको समेत साथ रहेको भट्टराईले बताए । पुनस्र्थापना केन्द्रमा आयोजित कार्यक्रममा प्रिन्सिपल भट्टराई, सुधार केन्द्रका संयोजक बुद्धि सुब्बा पत्रकार महासंघका सदस्य लीलाराज झापाली लगायातले विद्यार्थीको अभियानले सुखी समाजको परिकल्पनामा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Facebook Comments