झापा गोल्डकप : झापा ११ सेमीफाइनलमा प्रवेश

बिर्तामोड÷विवेचना : आयोजक झापा ११ बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । पाहुनाटोली हङकङ नेप्लिज एकाडेमीलाई १—० गोल अन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न प्रतिस्पर्धात्मक पहिलो क्वार्टरफाइलन खेलमा झापाले पहिलो हाफमा गरेको गोलनै निर्णायक बन्न पुग्यो । पहिलो हाफको ४२ औँ मिनेटमा झापाका निशान्त खड्काको क्रसमा क्याप्टेन कर्ण लिम्बुले हेड मार्फत् बललाई जाली चुमाएका थिए ।

घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाएको झापाले पहिलो हाफको सुरुवातदेखिनै हङकङलाई दबाबमा राखेको थियो । दोस्रो हाफमा पनि सोचेअनुरुपको खेल प्रदर्शन गर्न नसक्दा हङकङको अघिल्लो चरणको यात्रा समाप्त भएको छ ।

खेलमा निर्णायक गोल गर्र्नेे झापाका निशान्त खड्का म्यान अफ दी म्याच घोषित भएका छन् । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मंगलबार दुई विभागीय टोली शसस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

Facebook Comments