केपी र प्रचण्ड सुखानी आउँदै

विर्तामोड–नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । झापा विद्रोहका शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली सुखानी आउन लाग्नु भएको हो ।

यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल सोमबार झापा आइसक्नु भएको छ । झापा विद्रोहका बेला २०२९ साल फागुन २१ गते झापा र इलामको सीमाना सुखानीमा लगेर पञ्चायती शासकहरुले रामनाथ दाहाल, विरेन राजवंशी, नारायण श्रेष्ठ, नेत्र घिमिरे तथा कृष्ण कुइँकेलको हत्या गरेका थिए ।

उनीहरुलाई जेल सार्ने बहानामा सुखानीमा लगेर हत्या गरिएको बताइन्छ । सोही दिवसको अवसरमा नेकपा झापाले आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुन अध्यक्षद्वय सुखानी आउन लाग्नु भएको हो ।

Facebook Comments