अलैँची व्यवसायी विन्दल अपहरणका १४ अभियुक्तलाई २० वर्ष कैद सजाय

बिर्तामोड : झापाको विर्तामोडका व्यवसायी सुनिलकुमार विन्दललाई अपहरण गरी ज्यान मार्ने उद्योगमा दायर भएको मुद्दामा झापा जिल्ला अदालतले १४ जना अभियुक्तलाई जेल सजायको फैसला गरेको छ । अपहरण घटनामा मुख्य अभियुक्त भनिएका भारत आसामका फौदसिंह तामाङसहितका अभियुक्तलाई अदालतले सोमवार जेल सजायको फैसला गरेको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले सङ्गठित मानव अपहरण तथा हतियार खरखजना मुद्दा चलाएको थियो ।

१८ माघ २०७१ मा का“करभिट्टाबाट अपहरणमा परेका विर्तामोडका अलैँची व्यवसायी विन्दललाई मुक्त गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच झापाको धरमपुरमा गोली हानाहान समेत भएको थियो । महिलाको प्रयोग गरेर अपहरण गरिएका विन्दलसँग अभियुक्तले ३० करोड भारतीय रुपैयाँ फिरौती माग गरेका थिए । २३ माघमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान हुँदा अपहरणकारीले चलाएको गोली लागेर पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी सहायक निरीक्षक राजेन्द्र चौहानसहित दुई जना घाइते भएका थिए । प्रहरीले व्यवसायी विन्दललाई सकुशल मुक्त गराएको थियो ।

झापाको धरमपुर–२ स्थित हर्क कन्दङ्वाको घरमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले अलै“ची व्यवसायी विन्दललाई मुक्त गरेको थियो । घटनामा संलग्न भएको अभियोगमा मुद्दा चलाइएकामध्ये तामाङलाई जिल्ला अदालतले २० वर्ष कैद सजायको फैसला गरेको हो । अरु १३ जना अभियुक्तलाई १५ वर्षको कैद सजाय तोकिएको छ । अदालतले चार वर्षदेखि यो मुद्दाको फैसला सार्दै आएको थियो । पछिल्लो पटक आइतवारदेखि यो मुद्दामाथि सुरु भएको बहस टुङ्गिएपछि सोमवार जिल्ला न्यायाधीस प्रमेश पोखरेलको इजलासले मुद्दाको फैसला गरेको हो ।

मेचीनगर–१० का“करभिट्टाका बजरङ्ग पन्सारी, विर्तामोड–७ का केशव फु“यल, भारत आसामका राजकुमार थापा, धरमपुर पारावारीका भुवन कार्की, शेखरराज पाण्डे, घरधनी हर्क कन्दङ्वासहित एम्वुलेन्स चालकलाई १५ वर्षका दरले जेल सजाय तोकिएको छ । महिलाको प्रयोगमार्फत एम्वुलेन्स चालकको समेत संलग्नतामा विन्दल अपहरणमा परेका थिए । अपहरणकारीका साथबाट त्यतिबेला प्रहरीले दुई थान पेस्तोल र १० राउण्ड गोली पनि बरामद गरेको थियो ।

भारतको सिलिगुडी जा“दै गरेका व्यवसायी विन्दल आफ्नै सहकर्मी बजरङ्ग पन्सारीको प्रमुख योजनामा अपहरणमा परेका थिए । अपहरणपछि विन्दल परिवारस“ग अपहरणकारीले ३० करोड भारतीय रुपैया“ फिरौती मागेको सार्वजनिक भएको थियो । यद्यपि घटनापछि विन्दल परिवारले त्यति मोटो रकम नमागिएको जनाएको थियो । पक्राउ परेका केही अभियुक्त पेसेवर अपराधी भएको प्रहरी विश्लेषण छ । उनीहरुले भारतीय नागरिक अपहरण गरेर नेपाल ल्याउने र फिरौती असुल्ने गर्दै आएका थिए ।

Facebook Comments