खुल्यो पत्रकार महासंघको ताला

नेपाल पत्रकार महासंघ झापा शाखामा लागेको ताला आइतबार खुलेको छ । सदस्यहरुको नविकरणका विषयमा उत्पन्न विवादका कारण माघ २९ गतेदेखि प्रेस चौतारी नेपाल र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले तालाबन्दी गरेको थियो । फोनिज, चौतारी, नेपाल प्रेस युनियन र महासंघका प्रतिनिधिबीच आइतबार समझदारी भएपछि तालाबन्दी खुलेको हो ।

बिर्तामोडमा सम्पन्न संयुक्त बैठकले सदस्यहरुको २०७५ चैत मसान्तसम्म पूर्ववतरुपमा नविकरण गर्ने, मसान्तभित्र साधारणसभा गर्ने, कुनै असहमति भए वार्ता र छलफलको माध्यमबाट समाधान खोजिने निर्णयसँगै तालाबन्दी खुलेको फोनिजका अध्यक्ष विशाल नेम्वाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठक महासंघका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको थियो ।

Facebook Comments