मुक्तिचोकमा दीप प्रज्वलन (फोटो फिचर)

बिर्तामोड । विवेचना : छितिज नाट्य समूह झापाले बुधबार साँझ बिर्तामोड स्थित मुक्तिचोकमा दीप प्रज्वलन गरेको छ । विश्व रंगमञ्च दिवसको अवसर पार्दै समूहले दिप प्रज्वलन गरेको हो ।

दिप प्रज्वलनको सुरुवात गर्दै समुहका अध्यक्ष माधव कल्पितले संस्कृति, संरक्षण र शान्ति स्थायित्वलाई जोड दिँदै विकृति विसंगतिलाई हटाउन नाटकमार्फत् उत्प्रेरणा जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको बताए ।

कार्यक्रममा बोल्दै नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले नेपालमा पछिल्लो समय रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएकाले यसको माध्यमबाट समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमलाई साहित्य चैतारिका संरक्षक देबीभक्त श्रेष्ठ, झोराहाट नाट्य समुहका अध्यक्ष भरत गुरागाईले समेत संबोधन गरेका थिए ।

दिप प्रज्वलनमा समुहका सदस्य, कलाकार, समाजिक व्यक्तित्व सहित सञ्चारकर्मीको सहभागिता रहेको थियो । सन् १९६१ मा अन्तराष्ट्रिय रंगमञ्च इन्ष्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाइन्छ ।

सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । यो दिवसलाई हरेक वर्ष नेपाली रंगकर्मीहरूले नाटकमार्फत् पनि मनाउँदै आएका छन् ।

Facebook Comments